काठमाडौँ । राष्ट्रिय सरोकार समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सडक दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको स्पष्ट पारेका छन् । बिहीबारको उक्त बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको बताएका हुन् ।
उनले चाडपर्वमा हुने दुर्घटनामा कमी आएको बताउँदै भने– ‘सडक दुर्घटना र सडक सुरक्षाको विषय उठेको छ। दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । हामीले दुर्घटना न्यूनीकरणको प्रयास गरेका छौँ। चाडपर्व हुने दुर्घटनामा कमी आएको छ। त्यो भनेको हाम्रो निरन्तर अनुगमनले नै हो।’
दुर्घटना न्यूनीकरणमा सरकार गम्भीर रहेको समेत मन्त्री ज्वालाले टिप्पणी गरे । उनले सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन एउटै हुनुहुँदैन भन्ने विषय उठेकाले एउटै ड्राफ्ट बनाएर अर्थ मन्त्रालय पठाइएको उनले बताए । ‘हामीले सुरुमा ड्राफ्ट बनाएर अर्थमा पठाउँदा एउटै बनाएर पठाऊ भन्यो। हामीले एउटै बनाएर पठाएका छौँ। अहिले धेरै अधिकार प्रदेशमा पनि छ । यातायात क्षेत्र व्यवस्थित बनाउन ७ गते प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएका छौँ।’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend