काठमाडौँ । राष्ट्रिय सरोकार समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सडक दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको स्पष्ट पारेका छन् । बिहीबारको उक्त बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको बताएका हुन् ।
उनले चाडपर्वमा हुने दुर्घटनामा कमी आएको बताउँदै भने– ‘सडक दुर्घटना र सडक सुरक्षाको विषय उठेको छ। दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । हामीले दुर्घटना न्यूनीकरणको प्रयास गरेका छौँ। चाडपर्व हुने दुर्घटनामा कमी आएको छ। त्यो भनेको हाम्रो निरन्तर अनुगमनले नै हो।’
दुर्घटना न्यूनीकरणमा सरकार गम्भीर रहेको समेत मन्त्री ज्वालाले टिप्पणी गरे । उनले सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन एउटै हुनुहुँदैन भन्ने विषय उठेकाले एउटै ड्राफ्ट बनाएर अर्थ मन्त्रालय पठाइएको उनले बताए । ‘हामीले सुरुमा ड्राफ्ट बनाएर अर्थमा पठाउँदा एउटै बनाएर पठाऊ भन्यो। हामीले एउटै बनाएर पठाएका छौँ। अहिले धेरै अधिकार प्रदेशमा पनि छ । यातायात क्षेत्र व्यवस्थित बनाउन ७ गते प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएका छौँ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend