Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेतमा छोराको हत्या र छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ


    बिहिबार, माघ ४ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । छोराको हत्या र छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    सुर्खेतको पञ्चपुरी नगरपालिकामा आफ्नै १८ वर्षीय छोराको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका हुन् ।

    प्रहरीले बिहीबार बिहान १० बजे उनलाई कैलालीको टिकापुर-१ देखि पक्राउ गरेको हो । उनलाई छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

    उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

    बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार