काठमाण्डाै। हिजो ५४ अङ्कभन्दा धेरैले बढेको सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको छ । दिउँसो १ बजे २ हजार २ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो ।
आज बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज ३ करोड ३५ लाख कित्ता सेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । याे काराेबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हाे । यसअघि विसं २०७८ भदाै २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको काराेबार भएकाे थियाे । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend