Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीको निर्देशन


    बुधबार, माघ ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । बुधबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र गृह मन्त्रालयका अधिकारीलाई बोलाएर प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । ‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ,’ उनले भने, ‘यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस्।’

    प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै प्रधानमन्त्रीले १५ दिनभित्र उक्त समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार