Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तीन वटा संसदीय समितिको बैठक बस्दै


    बुधबार, माघ ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ आज बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने भएको हाे ।

    बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भए गरेका काम कारवाहीका बारेमा छलफल हुने जनाइएको छ ।

    त्यस्तै बिहान साढे १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने बताइएको छ ।

    त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार