Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री कप क्रिकेटमा आज ३ खेल हुँदै


    मंगलबार, माघ २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) तीनवटा खेल हुँदैछन् ।

    सोमबारको पहिलो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच ९ बजेदेखि सुरु हुँदैछ ।

    बाँकी दुई खेल भने काठमाडौंमै हुनेछन् ।कीर्तिपुरको मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल सुरु हुनेछ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच खेल हुँदैछ । दुबै खेल सवा ९ बजेदेखि सुरु हुनेछन् ।

    हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।

    यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेश प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार