Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरमा इनारमा खसेकी महिलाको सकुशल उद्धार


    सोमबार, माघ १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी बल नम्बर–२१ दक्षिणकाली गणबाट खटिएको टिमको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको हो । उद्धारमा नेपाल प्रहरी र नगर प्रहरीका सुरक्षाकर्मीहरु पनि खटिएका थिए ।

    दोलखा घर भएकी प्रधान ३० फिट गहिरो इनारमा खसेकी थिइन् । लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्ल्याबसँगै तल खसेकी हुन् । उद्धारपछि उनलाई पाटन अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार