Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्तीको बाढीमा फसेका ६ जनाको उद्धार


    आइतबार, असार १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नेपालगन्ज। बाँकेस्थित राप्तीको बाढीमा फसेका ६ जनाको शनिबार साँझ १० बजे सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका २ का गोठाला गएका शम्शेरगन्जस्थित राप्ती नदीको टापुमा फसेका व्यक्तिको सकुशल उद्धार गरिएको हो ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार उनीहरू नदीको टापुमा बाख्रा चराउन पुगेका थिए । ग्वालाहरूसँगै उनीहरूको साथमा रहेका ७८ वटा बाख्राको पनि सुरक्षाकर्मीको सहयोगमा राति उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी आाचार्यले बताए ।

    दिनभरि पनी परेकाले बाढी बढ्यौ बेलुका पाँच बजे फसेको सूचना आए पनि १० बजे सकुशल उद्धार गरिएको हो,’ उनले भने । उद्धारका लागि प्रहरी प्रमुख सन्तोषसिंह राठौरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार