Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा निर्वाचनमा १७ ठाउँमा मात्रै गठबन्धनलाई सघाउने जनमतको निर्णय


    सोमबार, माघ १ २०८०
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। यही माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले आफ्ना उम्मेदवार नभएको स्थानमा मात्रै सत्ता गठबन्धनलाई सघाउने निर्णय गरेको छ।

    गठबन्धनमै रहे पनि जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा उम्मेदवार उठाएको छ। गठबन्धमा आवद्ध अन्य दलले जनमतलाई भागबण्डामा सहभागी गराएपछि उसले छुट्टै उम्मेदवार उठाएको हो।

    लुम्बिनीको अन्य क्लस्टरमा जनमतबाट बालगोविन्द चौधरी थारु र मधेसमा रामशंकर महासेठले उम्मेदवारी दिएका छन्।

    आफ्ना दुई उम्मेदवार उठेको स्थान बाहेक १७ स्थानमा माओवादी नेतृत्वको सत्ता गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्ने जनमतका अध्यक्ष सिके राउतले जानकारी दिएका छन्।

    उनले आज एक अपिल जारी गर्दै आफ्ना दुई उम्मेदवारलाई मत दिएर विजयी बनाउन अनुरोध गरेका छन्।

    माघ ११ गते राष्ट्रिय सभाको २० सिटमा निर्वाचन हुँदैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार