काठमाडौं । पछिल्लो समय सवारी दुर्घटनामा भइरहेको बढोत्तरीलाई मध्यनजर गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्सीय कार्यदल गठन गरेको छ ।
सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रृटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका हुन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृबहाक बस शुक्रबार राति दुर्घटना हुँदा १२ जनाकाे मृत्यु भएकाे थियाे । यस्तै शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका-४ स्थित हिमचुली सेतोपहरामा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो भने शनिबार नै बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो ।
सडक दुर्घटनाका त्रृटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा कार्यदल गठन भएको बताइएको छ ।
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान गरेको छ । उक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend