Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि बन्द नहुने


    आइतबार, पुष २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि दुई दिन बन्द नहुने भएको छ । उक्त सडकखण्डमा पर्ने निर्माणाधीन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलामा पुलको जग र एप्रोच सडकको कडा चट्टानी पहाड फुटाउन दिउँसोको समयमा सडक बन्द गरिएको थियो ।

    दोस्रो चरणअन्तर्गत आजदेखि माघ २० गतेसम्म सडक बन्द गराएर निर्माणको काम गर्ने जनाएको थियो । तर, माघे संक्रान्ति पर्वलाई लक्षित गरी आज र भोलि सडक खुला गरिएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

    यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो समयमा चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको थियो । सो समयमा पनि काम नसकिएपछि पुनः समय थप गरी काम गरिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार