Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • नेपाल–भारत अन्तर सरकारी समितिको बैठक: आर्थिक र व्यावसायिक सम्बन्ध थप मजबुत हुने अपेक्षा


    आइतबार, पुष २९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल–भारत अन्तर सरकारी समितिको बैठक सम्पन्न भएको छ । शुक्रबार र शनिबार अनाधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी भारत–नेपाल अन्तर–सरकारी उपसमिति (आइजीएससी)को बैठक काठमाडौंमा भएको हो ।

    उक्त बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशल र नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए ।

    व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गरिएको बताइएको छ । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरे । भारतीय पक्षले एफडीआईलाई प्रोत्साहन गर्न हेतु पेरिस महासन्धिको प्रावधानअनुसार आईपीआर व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको जनाइएको छ ।

    नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्वाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार