Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माघ महिनाका लागी वाणिज्य बैङ्कको नयाँ ब्याजदर सार्वजनिक, कुनले कति दिने ?


    आइतबार, पुष २९ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं। वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। धेरैजसो बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको छ ।

    पुस महिनामा ८.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको हो।

    कसको कति ब्याजदर ?

    एनएमबि बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेको छ । यसअघि बैंकले पुसमा पनि सोही ब्याजदर कायम गरेको थियो । त्यसैगरी, एभरेस्ट बैंकले माघमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत तोकेको छ । पुसमा पनि बैंकले यही ब्याजदर कायम गरेको थियो ।

    माघका लागि संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको नेपाल बैंकले यसअघि पुसमा संस्थागततर्फ ७.०५६ प्रतिशत र व्यक्तिगततर्फ ८.५५६ प्रतिशत ब्याजदर तोकेको थियो ।

    त्यस्तै, कुमारी बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले पुसमा भने व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत ब्याजदर निर्धारण तोकेको थियो ।

    लक्ष्मी सनराइज बैंकले भने माघका लागि संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले पुसमा भने संस्थागततर्फ ७.५० प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर दिएको थियो ।

    साथै, प्रभु बैंकले ब्याजदर घटाएको छ । बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले पुसमा भने संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

    माघ महिनाका लागि संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर तोकेको एनआईसी एशिया बैंकले पुसमा चाहिँ संस्थागततर्फ ६.६७ प्रतिशत र व्यक्तिगततर्फ ८.६७ प्रतिशत ब्याज दिँदै आएको थियो ।

    कृषि विकास बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर तोकेको छ । पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत र व्यक्तिगततर्फ ९.०१२ प्रतिशत तोकेको थियो ।

    राष्ट्रिय वाणिज्य बैंकले पनि पुसको तुलनामा माघका लागि ब्याजदर घटाउँदै व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले पुसमा व्यक्तिगततर्फ ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत दिएको थियो ।

    यता ग्लोबल आइएमई बैंकले पनि व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    हिमालयन बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.६०३ प्रतिशत र संस्थागततर्फ ६.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    साथै, व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको नबिल बैंकले पुसमा व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत तोकेको थियो ।

    माघकै लागि व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुसमा भने व्यक्तिगततर्फ ८.५६ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    सानिमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर दिने भएको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    प्राइम बैंकले पनि ब्याजदर एक अंकमा झारेको छ । माघका लागि व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको बैंकले पुसमा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको थियो ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले पुसमा व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    र, व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको माछापुच्छ्रे बैंकले भने पुसमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिँदै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार