Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्द्रागिरि दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो


    शनिबार, पुष २८ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो ।

    काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई हुँदा दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनास्थलमै मृत्यु हुनेमा काठमाडौं मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।

    दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार