बोगोटा। कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। साथै उक्त पहिरोमा परी ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
मेडेलिन र क्विब्दो शहरलाई जोड्ने सडकमा पहिरोले क्षति पुर्याएपछि यहाँको यातायात सेवा अवरुद्ध बनेको चोको क्षेत्रको स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बताए ।
‘कार्मेन डे अट्राटो नगरपालिका नजिकै ‘एउटा घरमा आश्रय लिन’ धेरै मानिसहरू आफ्नो गाडीबाट झरेका समय दुर्भाग्यवश पहिरो आएर उनीहरू पुरिएका छन्,’ अधिकारीले भने ।
उपराष्ट्रपति फ्रान्सिया मार्केजले करिब ३० जना घाइते भएको बताएका छन् । कारमेन डे अट्राटोका मेयर जैमी हरेराले स्थानीय टिभी स्टेसन काराकोललाई बताएअनुसार पहिरोमा परी मानिसहरु गम्भीर घाइते भएका छन् भने अझै पनि अन्य केही पहिरोमा फसेका छन् ।
सामाजिक सञ्जाल र टेलिभिजन च्यानलमा सार्वजनिक भएका तस्बिरमा हिलो र पहिरोका कारण कारहरु ध्वस्त भएको देखिएको छ । प्रशान्त महासागरसँग सीमा जोडिएको र विशाल उष्णकटिबन्धीय वन रहेको चोको क्षेत्रमा विगत २४ घण्टामा भारी वर्षा भएको छ ।
कोलम्बिया खडेरीको अवस्थाबाट गुज्रिरहेको बेला जल, मौसम तथा वातावरण अध्ययन इन्स्टिच्युटले यसअघि प्रशान्त र अमेजनको सिमानामा रहेका विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिमबारे चेतावनी दिएको थियो ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend