Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रसचिव लम्साल र पाकिस्तानका राजदूत हास्मीबीच भेटवार्ता


    शुक्रबार, पुष २७ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रसचिव सेवा लम्साल र नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीबीच भेटवार्ता भएको छ। उनीहरुबीच परराष्ट्र मन्त्रालयमा आज भेटवार्ता भएको हो ।

    भेटमा उनीहरुबीच नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । सो अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।

    राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाएको पत्र हस्तान्तरण गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार