Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्याक्टरको ठक्करले बालकको मृत्यु


    शुक्रबार, पुष २७ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार राति ट्याक्टरको ठक्करले एक बालकको मृत्यु भएको छ । ठक्करले स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्याक्टरले ठक्कर दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।

    उक्त दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार