काठमाडौं। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएका बिजुलीको लाइन जोडिदिने भएको छ। मन्त्रिपरिषदको पत्र पाएपछि शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले आजैदेखि लागू हुनेगरी डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको काटिएको लाइन जोडिदिने निर्णय गरेको हो।
बोर्ड बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवादको विषयमा छानबिन समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म लाइन जोडिदिने निर्णय गरेको प्राधिकरण स्रोतले जनाएको छ। प्राधिकरण स्रोतले भन्यो,’छानबिन आयोगको प्रतिवेदन नआउन्जेलसम्मका लागि लाइन जोडिदिने निर्णय भएको छ।’
मन्त्रिपरिषदले छानबिन समितिलाई ३० दिनको समयसीमा दिएको छ। प्राधिकरणले अहिले ३० दिनका लागि काटिएका उद्योगहरुको बिजुलीको लाइन जोडिदिने भएको हो।
यसअघि पुस ५ गतेको मन्त्रिपरिषद बैठकले सरकारले डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएर महशुल नबुझाएका कारण लाइन काटिएका उद्योगहरूको विद्युत लाइन जडान गर्न निर्देशन दिएको थियो।
मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवादको विषयमा छानविन समिति समेत बनाएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा छानबिन समिति बनाएको हो।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्न सुरु गरेको थियो।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend