Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्र मन्त्री भन्छन्- रुसी सेनामा भर्ती भएकाहरू सरकारले अनुमति दिएर गएका होइनन्


    शुक्रबार, पुष २७ २०८०
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको बताएका छन् । उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको प्रष्ट पारेका छन् ।

    शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले भने, ‘रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ । अरू धेरै जना जोखिममा पर्नुभएको छ । तर यो समस्या नेपाल सरकारको कारणले आएको होइन । जो त्यहाँ गएको छ, रुसी सेनामा काम गरिरहेको छ, उनीहरू विद्यार्थी भिसामा, भिजिट भिसामा त्यहाँ पुगेका हुन् । भिसा प्रयोजनलाई तोडेर उहाँहरू त्यहाँको सेनामा भर्ना हुनुभएको छ ।’

    परराष्ट्र मन्त्री साउदले अफ्ठयारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए । ‘आठ वटा शवहरू अहिले त्यहाँको शव गृहमा राखिएको कुरा मसँग आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल गरिरहेका छाैँ,’ उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यहरु त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’

    उनले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताए । ‘‘देश छोड्दा जो कसैले पनि एकपटक सोच्नुपर्छ । कहाँ जाँदै छु ? कस्तो देशमा जाँदै छु ? कुन कानुनीरुपमा ठिक छ, कुन ठिक छैन ? त्यो कुरामा सबैले ध्यान पुर्याउनु आवश्यक छ,’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार