काठमाडौं । कोरिया रोजगारीमा पठाउने भनेर एक समूहले सयौं नेपालीलाई ठगी गरेको छ । भूटानी शरणार्थी काण्डलाई बिर्साउनेगरी करोडौं रुपैयाँ ठगीका मुख्य योजनाकार रुद्र अधिकारीले विभिन्न जिल्लाका युवाहरुसँग प्रतिब्यक्ति २ लाख रुपैयाँ उठाइरहेका छन् ।
कीर्तिपुरको टौदहमा बस्दैआएका अधिकारीले २ बर्षदेखि राजनीतिक पहुँच देखाएर ठगी गर्दैआएका छन् । दक्षिण कोरियाको ख्रिष्टियन युनिभर्सिटीको प्रोफेसरको रुपमा परिचय दिंदै उनले कोरिया रोजगारीमा पठाउने भनेर २ बर्षदेखि ठगीधन्दा संचालन गर्दैआएका छन् । अधिकारीले परराष्ट्र मन्त्री एनपी साउद, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलकै नाम लिएर कोरिया रोजगारीका नाममा ठगी गरेको खुलेको छ ।
परराष्ट्र मन्त्री एनपी साउददेखि जम्कट्टेलसँग खिचिएका फोटाहरु देखाएर उनले ठगीधन्दा संचालन गरेको देखिएको छ । पीडितहरुले जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीकोमा ठगिएको उजुरी दिएपछि गृहमन्त्रालयले अधिकारी र उनको गिरोहलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । अधिकारीले कोरियनहरुलाई समेत देखाएर रोजगारीमा पठाउने भन्दै ठगी गरेका थिए ।
एनपी साउददेखि शालिकराम जम्कट्टेललगायतका उच्च प्रशासक र प्रहरीका अधिकारीहरुसँगको पहुँच र कोरियाको केसीयुमा पढाउने प्रोफेसर भनेपछि विश्वास गरेर धेरै नेपालीले पैसा दिएका थिए । उनले पिरामीड शैलीमा कोरिया रोजगारीको नाममा ठगी गरेको इलाम घर भएका एक पीडितले नेपालफेसलाई बताए । उनले भने–ठगिनेहरुको संख्या २ हजारभन्दा बढी छ ।
नेतादेखि मन्त्री, प्रशासकसँग सम्बन्ध देखिएपछि कोरिया रोजगारीमा पठाउने विश्वासमा २ लाख रुपैयाँ बुझाएको, डेढ बर्षसम्म नपठाएपछि ठगिएको थाहा पायौं । पीडितहरु परराष्ट्र मन्त्री साउददेखि मुख्यमन्त्री जम्कट्टेलुसँग पनि अधिकारीको बारेमा गुनासो लिएर पुगिसकेका छन् ।
परराष्ट्र मन्त्री साउदले आफ्नो नाम भजाएर ठगी गर्ने अधिकारीलाई पक्राउ गर्न गृहमन्त्रालमा जानकारी दिएर प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिइसकेका छन् । कीर्तिपुरका रुद्र अधिकारीले आफ्नो फोटो समेत देखाएर ठगी गरेको जानकारी पाएपछि गृहमन्त्रालयलाई जानकारी दिएर प्रहरीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइसकिएको मन्त्री साउदले जानकारी दिए । उनले भने–‘नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डंगोलसँगै आएका रहेछन्, त्यहीबेला खिचेको फोटो रहेछ । त्यो फोटो मैले देखेपछि डंगोललाई पटक पटक फोन गरें, उनले रिसिभ गरेका छैनन् । म ती रुद्र अधिकारी भन्ने ब्यक्ति चिन्दिनँ । त्यस्तो ठगीमा परेका पीडित सम्पर्कमा छन् भने तुरुन्त प्रहरीकोमा उजुरी हाल्न लगाउनुस् । त्यस्ता ठगीमा संलग्नलाई पक्राृउ गरिहाल्नुपर्छ ।’ मन्त्री साउदले भने ।
विगत २ बर्ष कोरोनाका कारण कोरिया रोजगारी बन्द भएको अवस्थामा कोरियनहरुलाई देखाएर विश्वासमा पारी अधिकारीले ठगी गरेको देखिएको छ । अधिकारीसँग ठगीमा संलग्न कोरियनहरु भने भागिसकेको स्रोतले बताएको छ ।
परराष्ट्र मन्त्रालयबाट पक्राउ गर्न निर्देशन दिइसकिएको भए पनि उनलाई अहिलेसम्म पनि प्रूहरीले फेलापार्न सकेको छैन । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले रुद्र अधिकारीको बारेमा गृहमन्त्रालयबाट पक्राउ गर्न निर्देशन आए नआएको बुझेर मात्र जवाफ दिने प्रतिक्रिया दिएका छन् ।
कोरिया रोजगारीमा पठाउने भनेर सयौं युवाहरुसँग रकम ठगी गरेको उजुरी गृहमन्त्रालयमा पनि परेको हो भन्ने प्रश्नमा गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने–‘औपचारिक रुपमा उजुरी आएको जानकारी पाएको छैन । तर त्यस्तो ठगी भएको हो भने प्रहरीले खोजतलास गरी कारबाही गर्छ ।’
राजदूत नै नियुक्ति हुन लागेको भन्दै भीभीआईपीसँगको सम्बन्ध देखाउँदै ठगी गर्ने गरेका अधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्चपदस्थहरुको नाम समेत लिएर ठगी गरेको स्रोतले बताएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend