काठमाडौं । साउदी अरबमा आयोजित स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल मड्रिडले आठ गोलको थ्रिलरमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । बुधबार भएको खेलमा रियल ५–३ गोलअन्तरले विजयी बन्यो ।
खेलमा रियल छैटौँ मिनेटमा नै पछि परेको थियो । मारियो हर्मोसोले एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, २० औँ मिनेटमा एन्टोनियो रुडिगरले रियलका लागि बराबरी गोल फर्काए ।
९ मिनेटपछि फर्लान मेन्डीले ड्यानी कार्भाहालको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । रियलको अग्रता लामो समय भने टिक्न सकेन । ३७ औँ मिनेटमा एन्टोनियो ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे । क्लबका लागि उनको यो रेकर्ड १ सय ७४ औँ गोल थियो । उनले लुइस आरागोनेसको कीर्तिमान भङ्ग गरेका हुन् ।
दोस्रो हाफको ७८ औँ मिनेटमा रुडिगरले आत्मघाती गोल गरेपछि एट्लेटिकोले पुनः अग्रता लियो । तर, कार्भाहालले ८५ औँ गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।
निर्धारित समयमा बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो । जसमा स्टेफन साभिचले आत्मघाती गोल गर्नुका साथै ब्राहिम डियाजले अर्को गोल थपेपछि रियल फाइनलमा प्रवेश गर्यो ।
अब रियलले फाइनलमा ओसासुना र बार्सिलोनामध्ये एकको सामना गर्नेछ । बिहीबार हुने खेलमा बार्सा विजयी बने फाइनलमा लगातार दोस्रो एल क्लासिको हुनेछ । गत वर्ष बार्सा ३–१ गोलले विजयी बनेको थियो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend