Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखराबाट पाल्पा जाँदै गरेको जिप भिमादमा दुर्घटना


    बुधबार, पुष २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटना भएको छ । आज बिहान उक्त ग १ ज ७५३४ नम्बरको जिप तनहुँको भिमादमा दुर्घटना भएको हो।

    बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार