Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • भारतमा कोठाभित्र निसासिएर ५ बालबालिकाको ज्यान गयो


    बुधबार, पुष २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतको उत्तर प्रदेशमा पर्ने अमरोहा जिल्लाको एउटा गाउँमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको ज्यान गएको छ।

    अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार घटना जिल्लाको ढाका गाउँको हो। पहिले कोठामा जलेको कोइलामा खाना पकाइएको थियो। त्यसपछि एउटै कोठामा सात जना सुतेका थिए।

    जिल्ला मजिस्ट्रेट राजेश त्यागीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्राथमिक रूपमा कोठामा अक्सिजनको अभाव भएको देखिन्छ, जसका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो। जसमा दुई केटा र तीन केटी छन्। दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार