Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेयर बजार दाेहाेराे अङ्कले घट्याे, काराेबार रकम कति ?


    आइतबार, पुष २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ ।

    आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै चार वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

    आज एक करोड ५२ लाख कित्ता शेयर पाँच अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार