काठमाडौं। इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ५ अङ्कको अग्रता बनाएको छ । शनिबार भएको खेलमा भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेपछि ३ अङ्क थप्दै दोस्रो स्थानमा रहेको युभेन्टसलाई ५ अंकले पछि पारेको हो । इन्टरको १९ खेलबाट ४८ अङ्क भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४३ अङ्क रहेको छ ।
घरेलु मैदानमा इन्टरलाई जताउनका लाउतारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । भेरोनाका लागि थोमस हेनरीले एक गोल फर्काए ।
१३ ओं मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । ७४ औँ मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।तर, दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए ।
अतिरिक्त समयको पाँचौं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । भेरोनाका डारको लाजोभिक रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
१० खेलाडीमा समेटिए पनि अतिरिक्त समयको १० औँ मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा गोल गर्न असफल भयो । भेरोनाका एम डुजरिकले गरेको प्रहार विफल हुँदा अन्ततः इन्टर मिलान २–१ गोलले विजयी भयो । पराजित भएको भेरोना १९ खेलबाट १४ अंकका साथ तालिकाको १८ औँ स्थानमा छ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend