Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्द भएका सटरहरू अब खुल्ने ऊर्जामन्त्री बस्नेतको दाबी


    शनिबार, पुष २१ २०८०
    1.1K
    Shares
    Minister for Forest and Environment Shakti Bahadur Basnet speaks to media upon arrival at TIA in Kathmandu, on Thursday, December 06, 2018. Photo: RSS
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक संकटका कारण बन्द भएका सटरहरू अब खुल्ने दाबी गरेका छन् । आज नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुतो हुन नसकेको बताए। ‘कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दबाबबाट नेपाल पनि अछुत रहेन । बिस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरू अब बिस्तारै खुल्दैछन्,’ मन्त्री बस्नेतले भने ।

    उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाइसकेको जानकारी समेत दिए । नेपाल श्रीलङ्का बन्छ भन्ने हल्लाबिच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो नरहेको समेत बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार