Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतिमा हुँदैछ आज सुनचाँदीको करोबार ?


    शुक्रबार, पुष २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार