Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले २० करोड लगानी जसरी मन लाग्यो त्यसरी गर्ने हैन : प्रधानमन्त्री प्रचण्ड

    नेपालमा भारतको प्रत्यक्ष लगानी


    शुक्रबार, पुष २० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालमा सिधै लगानी गर्न पाउने २० करोड रुपैयाँको विभिन्न प्रक्रिया भएको बताएका छन् । उक्त लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए ।

    भारतीय दूतावासले अबदेखि नेपालभित्र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)अन्तर्गत सञ्चालन गरिने कुनै पनि आयोजनामा २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने विषयमा प्रधानमन्त्रीले स्पष्ट पारेका हुन् । बिहीबार नेपाल र भारतबीच ‘सरकारी संस्थाहरू वा अन्य कुनै संस्थामार्फत एचआईसीडीपीका लागि अनुदान सहयोग कार्यान्वयनसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएसँगै भारतीय दूतावासले उक्त सुविधा पाएको हो ।

    नेपालमा भारतको प्रत्यक्ष लगानी : प्रस्ताव २४ करोड, सम्झौता २० करोडमा

    भारतले यसअघि यस्ता परियोजनामा बढीमा पाँच करोड रुपैयाँ खर्च गर्न पाउँथ्यो । नयाँ सम्झौतासँगै भारतीय दूतावासलाई नेपालभित्र प्रत्यक्ष २० करोड रुपैयाँसम्म एउटा परियोजनामा खर्च गर्न छुट दिइएको हो ।

    प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त रकम तीन करोडबाट सुरु भएर अहिले २० करोड पु¥याइएको बताए ।

    “तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो, तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रक्रिया छ,” उनले भने, “नगरपालिकाबाट गर्ने हो । तर, उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन लागिनेछ ।”

    उक्त बैठकमा त्यसअघि नेकपा (एमाले)का सांसद रघुजी पन्तले त्यस्तो लगानीले बाह्य हस्तक्षेप बढाउने बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार