Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पारस खड्का भन्छन्- सन्दीपबारे क्यानले २५ पुसको फैसलापछि मात्र बोल्छ


    बिहिबार, पुष १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ ।

    लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

    उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो । उनले अघि भने, ‘२५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं ।’

    जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार