Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पाँच वटा संसदीय समितिको बैठक बस्दै


    बिहिबार, पुष १९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

    बैठकमा नेपाल पर्यटन बोर्डको वार्षिक कार्यक्रम, हाल भइरहेका कामकारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

    आज बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएकाे हाे । साे महिला समितिकाे बैठकमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको नागरिकता तथा कानूनी अधिकार सम्बन्धमा छलफल हुने बताइएको छ ।

    त्यस्तै आज बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार