काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले वर्तमान गृहमन्त्रीबारे गम्भीर सवाल उठाएका छन्।
त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लामिछानेका सवालको अक्षरश: जवाफ दिएका छन्।
प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि प्रश्न उठाउँदै ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ,’ भनेका थिए।
लामिछानेले भुटानी शरणार्थी प्रकरण र ६० किलो सुन बरामद प्रकरणमा आफूले दिएको प्रमाण पनि गृहमन्त्रीले जोगाएर राखेको बताएका थिए।
उनले न्यायिक छानबिन समिति बनाउनुको उद्देश्य कतै आफ्नाहरूलाई जोगाउन त हैन भनेर गृहमन्त्रीलाई सोधेका थिए। लामिछानेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेमाथि नै प्रश्न गरेका छन्।
उनले लामिछाने पहिले नै प्रतिक्रियात्मक भएको बताएका हुन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेले गरेका तर्कहरू गलत भएको बताएका हुन्।
‘मलाई केही पर्छ कि क्या हो त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरूलाई? अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानुनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भन्ने पो लाग्छ कि!,’ श्रेष्ठले भने, ‘दोष छ भने कारबाही गरिन्छ। तर प्रतिशोध साध्न सकिन्न।’
गृहमन्त्री श्रेष्ठले कानुनको कार्यान्वयनमा निष्पक्षतापूर्वक लागेको बताउँदै लामिछानेले उठाएका सवालहरूको जवाफ दिएका हुन्।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend