काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले वर्तमान गृहमन्त्रीबारे गम्भीर सवाल उठाएका छन्।
त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लामिछानेका सवालको अक्षरश: जवाफ दिएका छन्।
प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि प्रश्न उठाउँदै ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ,’ भनेका थिए।
लामिछानेले भुटानी शरणार्थी प्रकरण र ६० किलो सुन बरामद प्रकरणमा आफूले दिएको प्रमाण पनि गृहमन्त्रीले जोगाएर राखेको बताएका थिए।
उनले न्यायिक छानबिन समिति बनाउनुको उद्देश्य कतै आफ्नाहरूलाई जोगाउन त हैन भनेर गृहमन्त्रीलाई सोधेका थिए। लामिछानेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेमाथि नै प्रश्न गरेका छन्।
उनले लामिछाने पहिले नै प्रतिक्रियात्मक भएको बताएका हुन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेले गरेका तर्कहरू गलत भएको बताएका हुन्।
‘मलाई केही पर्छ कि क्या हो त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरूलाई? अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानुनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भन्ने पो लाग्छ कि!,’ श्रेष्ठले भने, ‘दोष छ भने कारबाही गरिन्छ। तर प्रतिशोध साध्न सकिन्न।’
गृहमन्त्री श्रेष्ठले कानुनको कार्यान्वयनमा निष्पक्षतापूर्वक लागेको बताउँदै लामिछानेले उठाएका सवालहरूको जवाफ दिएका हुन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend