काठमाडौँ। उपप्रधान मन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी घेराबन्दीमा छ भन्ने रिपोर्टिङ भएपछि प्रहरीले गोली चलाएको बताएका छन्।
उक्त बैठकमा बालकुमारी धरपकडबारे जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले आन्दोलन भइरहेकै ठाउँमा मन्त्रीको गाडी आएको र घेराबन्दीमा परेको भनिएपछि प्रहरीले गोली चलाएको बताएका हुन्।
बैठकमा गृहमन्त्री श्रेष्ठले घटना हुनुमा इपिएस कार्यालयको लापरबाही, मन्त्रीको गाडी आन्दोलन भइरहेकै ठाउँबाट लैजाने पिएसओको निर्णय र सुरक्षाकर्मीको कमजोरी मुख्य कारण रहेको बताए।
‘इपिएस कार्यालयले भएकै नियमावलीअन्तर्गत सिपिङमा फेल भएकालाई उत्पादनमा नपठाउने नीति नलिएको देखिन्छ। अदालतको आदेशलाई कन्जरभेटिभ इन्टरपिटेसनबाट १८ जनालाई मात्रै दिने भनेको छ, त्यसले २८ हजारलाई नकरात्मक प्रभाव पार्यो। इपिएसको विवेकसम्मत निर्णय भएन कि भन्ने छ,’ मन्त्री श्रेष्ठले भने, ‘गृह मन्त्रालयका शान्ति सुरक्षा प्रमुखले इपिएसका प्रमुखलाई बोलाएर के छ भनेर बुझ्दा केही छैन तीन बजेसम्म बस्छन् जान्छन् भनेर हल्का हिसाबले जवाफ दिएको रिपोर्टिङ गृहमन्त्रालयसँग छ। उहाँको त्यो जवाफ हामीलाई उपयुक्त लागेको छैन।’
संसदीय समितिलाई जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले आन्दोलन भइरहेकै ठाउँबाट मन्त्रीको गाडी लैजान खोज्नु पिसओको गम्भीर त्रुटि भएको बताए। उनले मन्त्री ज्वालाको गाडि त्यही बाटो नगएको भए स्थिति यस्तो नबन्ने बताएका छन्।
‘बालकुमारीनजिकै मन्त्रीज्यूको पार्टीको मिटिङ रहेछ। उहाँ मन्त्रालय जान्छु भनेर त्यही बाटो आउनुभएछ। उहाँ त्यस्तो बेला त्यही बाटोबाट किन आउनुभएको होला? बडी गार्ड छ, पिसओ छ। सामान्यत पिसओले बाटो पहिले चेक गर्छ। कन्ट्रोल रूमबाट भएको निर्देशन पनि सुनेको हुन्छ। आर्मीको सेक्युरिटी गार्ड र पिसओकोले किन रोकेनन होला?’ मन्त्री श्रेष्ठले भने, ‘त्यसले अझ भूमिका खेलेको छ। तयसअघि प्रहरी अलिअलि लाठी चार्ज गरेको थियो। मन्त्रीज्यू बाहिर निस्केर सवालजवाफतिर पनि लाग्नुभएछ,धकेला धकेल भएछ। त्यसपछि आर्मीको बडिगार्डले उहाँलाई त्यहाँबाट निकाल्नुभएछ। उहाँ फर्किएरपहिले बैठक गरेको ठाउँमा पुग्नुभयो।’
उनले मन्त्रीको गाडी आएको छ र घेराबन्दीमा परेको छ भनेपछि त्यही क्रममा गोली प्रहार भएको देखिएको बताएका छन्। ‘एक जनालाई गोली लागेको छ, अर्कोको निलडाम छ टियर ग्यासले लागेको हो कि के हतियारले नजिकबाट लागेको हो छानविन हुँदै छ,’ मन्त्री श्रेष्ठले भने।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend