काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तमु ल्होसारको शुभकामना दिँदै देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको टिप्पणी गरेका छन्।
आइतबार तमु ल्होसारका अवसरमा शुभकामना दिँदै दाहालले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताएका हुन्।
‘देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रूपमा रहेको दाहालले उल्लेख गरेका छन्।
नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको बताएका दाहालले राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताएका छन्।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend