Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि


    शनिबार, पुष १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । आज काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

    धनगढीले ओलावाले अफिजको गोलमा अग्रता लिएको थियो । धनगढी दोस्रो हाफको अन्त्यतिर १० खेलाडीमा सिमित भएको थियो । दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काएपनि धनगढीले हार टार्न सकेन ।

    दोस्रो हाफको सुरुआत मै ललितपुर सिटीले अग्रता लिएको थियो । खेलको ५०औं मिनेटमा ललितपुरका आदित्य शाक्यको पासमा दिनेश हेन्जनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५९औं मिनेटमा ललितपुरका इमोहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए ।

    धनगढीले दोस्रो हाफको इन्जुरी समयमा १ गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन । नेपाल सुपर लिगको दोस्रो संस्करणको उपाधी ललितपुर सिटीले हात पार्यो । फाइनलमा पराजित धनगढी एफसी दोस्रो पटक उपविजेतामा चित्त बुझाएको छ ।

    उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ पाएको थियो भने यस सिजन भने उपाधिको रकम दोब्बर बनाइएको छ । पहिलो संस्करण काठमाडौँले जितेको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार