काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनाका विषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।
आज शनिबार ललितपुरको बालकुमारी स्थीत इपिएस कार्यलयका अगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।
रास्वपाकी नेतृ तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुँदा हुँदै पनि युवाहरूले गरेको प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताएकी छन् । उनले दुई युवाहरूको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरिन् ।
उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।
त्यस्तै, उक्त प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ , नालायक सरकार राजीनामा दे, मृतकलाई शहीद घोषणा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend