Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालकुमारी घटना: ज्यान गुमाएका दुवै युवकको परिवारलाई दस/दस लाख दिने सरकारको निर्णय


    शनिबार, पुष १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको हो।

    हिजो इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि तनावग्रस्त बनेको उक्त क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत प्रहार गर्दा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार