Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालकुमारीमा ईपीएसका विद्यार्थीले मन्त्री ज्वालाको गाडी जलाए


    शुक्रबार, पुष १३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडी जलाएका छन् । बालकुमारी-सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी जलाएका हुन् ।

    उक्त क्षेत्र अहिले तनावग्रस्त छ । युवाहरूले अहिले सडक कब्जा गरेपछि उक्त सडकमा सवारी आवागमन पूर्ण बन्द छ । प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।

    ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार