Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको कति ?


    शुक्रबार, पुष १३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा हिजो (बिहीबार) प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज (शुक्रबार) त्यति नै घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला १३ सय रुपैयाँले घटेको हो। सुनको भाउ बिहीबार एकैदिन १३ सय रुपैयाँले बढेको थियो।

    आज सुन तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको थियो।

    त्यस्तै, चाँदीमा पनि ३५ रुपैयाँ गिरावट आएको छ। आज चाँदी १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार