Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इत्तिहादमाथि अल नासरको जितमा रोनाल्डोको दुई गोल


    बुधबार, पुष ११ २०८०
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं क्रिस्टियानो रोनाल्डोको टोली अल नासरले साउदी प्रो लिगमा अल इत्तिहादविरुद्ध ५–२ को सहज जित निकालेको छ ।

    मंगलबार प्रिन्स अब्दुल्लाह अल–फैसल स्पोर्ट्स सिटीमा भएको खेलमा अल नासरलाई जित दिलाउन कप्तान रोनाल्डो र साडियो मानेले समान दुई/दुई गोल गरे । नासरका निम्ति टालिस्काले एक गोल थपे । अल इत्तिहादका अब्डेराजाक हम्दाल्लाहले दुवै गोल गरे पनि हार टार्न सकेनन् ।

    जितसँगै १८ खेलबाट ४३ अंक जोडेको अल नासर तालिकाको दोस्रो स्थानमा छ । जितका बावजुद नासर शीर्ष स्थानको अल हिलालभन्दा सात अंकले पछि छ । १८ खेलबाट ५० अंकसहित अल हिलाल तालिकाको शीर्ष स्थानमा छ ।

    समान खेलबाट २८ अंक जोडेको इत्तिहाद तालिकाको छैटौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार