Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रमभंगताका लागि प्रधानमन्त्रीको अपिल


    मंगलबार, पुष १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आज देशबासीलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन् ।

    प्रचण्डले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’

    अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने उनको दाबी छ।

    ्त्रिविको दीक्षान्त समारोहमा अब विश्व विद्यालयहरुमा राजनीति भागबण्डा नहुने भनेर घोषणा गरिसकेको समेत प्रधानमन्त्री प्रचण्डले जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार