काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कृष्णजंग थापाको पद उपसचिव भए पनि रवाफ भने सचिवको भन्दा कम छैन । कर्मचारी प्रशासन शाखाका प्रमुखको जिम्मेवारीमा रहेका थापाको दैनिकी कर्मचारीको सरुवाको सूची बनाउने र महाशाखा प्रमुख सहसचिवकोमा पेश गर्ने हो । तर यतिमा मात्र उनी सीमित छैनन्, मन्त्रालयका अन्य सहसचिव स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको कार्यकक्षमा हतपत्त प्रवेश पाउँदैनन्, तर थापालाई मन्त्रीको ढोका सधै खुल्ला हुन्छ ।
मन्त्रीको गाडी मन्त्रालयको गेटमा प्रवेश गरेनगरेको उपसचिव थापाले कार्यकक्षबाटै नियालेर हेर्छन् । र, बस्नेत कार्यकक्षमा छिर्नासाथ थापा पनि सँगसँगै डायरी च्यापेर गइहाल्छन् । बस्नेतका स्वकीय सचिवालयका सदस्यभन्दा बढी मन्त्रीको निकट हुनका लागि उनले सबै हत्कण्डा प्रयोग गर्दैआएका छन् । मन्त्रीसँगको भेटमा सरुवाको सूची तयार गर्नेदेखि लिएर को कोसँग कति रकममा डिल भएको हो, सोको सबै कुरा जानकारी गराउने दायित्व थापाकै काँधमा मन्त्री बस्नेतले सुम्पेका छन् ।
परराष्ट्र मन्त्री एनपी साउदका दाजुका छोरीज्वाई नाता पर्ने थापा यही सम्बन्धका कारण स्वास्थ्यमा प्रवेश पाएका हुन् । स्वास्थ्य मन्त्रालयमा जानुअघि महिला, बालबालिका मन्त्रालयमा शाखा अधिकृतका रुपमा बिताएका थापा त्यही हुँदा बढुवा भएका हुन् । काकाससुरा साउद सिंचाई मन्त्री हुँदा सिंचाइ मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बसी इन्जीनीयरदेखि डीई र सुईको सरुवामा करोडौं संकलन गर्ने दायित्व पाएका उनले त्यहीँदेखि कप्रमा बस्दा लाभहालीका बारेमा राम्रो अनुभव बटुलेका थिए ।
सिंचाई मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखका रुपमा दानध्वज बस्नेत भए पनि सरुवामा उनी नै हावी थिए । त्यही अनुभवलाई थापाले स्वास्थ्यमा प्रयोग गरिरहेका छन् । उनले सिंचाईका कर्मचारीहरुको सरुवा गर्दा उठाएको घुसबाट काठमाडौंको सितापाइला आसपास भब्य बंगला समेत बनाएका छन् ।
सिंचाईमा अथाह कमाएपछि उनी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको कमाइ देखेर गोरखा, नुवाकोट लगायतका जिल्लाका पालिकामा सरुवा भएका थिए । त्यहाँ पनि उनले डीपीआर बनाउने नाममा आफूनिकटकालाई ठेक्का दिएर आधा कमिसन बटुलेको आरोप छ । टाई झुन्ड्याएर ढाका टोपीमा उपस्थित हुने थापाले इन्जीनीयर र स्थानीय तहका जनप्रतिनिधिहरुको मनोदशा बुझेर फाइदा लुटिसकेका छन् भने अहिले स्वास्थ्य समूहका कर्मचारीहरुलाई दोहन नगर्ने कुरै भएन ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई राजनीतक आस्था राखेको आरोप लगाएर ऐन नियम बिपरीत मन्त्रालयमा तान्ने काम उनै थापाको उक्साहटमा मन्त्रीले गरेको आरोप छ । यद्यपि थापाको सल्लाहमा मन्त्री बस्नेतले उनलाई अकारण मन्त्रालयमा ताने पनि सर्वोच्च अदालतले उनलाई पुनः वीर अस्पतालकै निर्देशककै हैसियतमा काम गर्न आदेश दिएको छ । हाडजोर्नीका बिशेषज्ञ चिकित्सक पौडेललाई जिम्मेवारीबिहीन राख्ने पत्रमा हस्ताक्षर गर्ने उनै थापाको कार्यशैलीप्रति सचिवद्वय रोशन पोखरेल र देवकुमारी गुरागाई असन्तुष्ट रहेको बताइन्छ ।
कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव तुल्सीनाथ गौतम र सचिवद्वयका भए नभएका कुरा लाएर मन्त्रीसँग दूरी बढाएर फाइदा लिने काममा थापा सुरुदेखि नै सक्रिय छन् । वीरमा सल्केको आगो ट्रमा सेन्टरमा पुग्नुमा पनि थापाकै योगदान रहेको बताइन्छ । अहिले ट्रमाका निर्देशक डा बद्री रिजाल कांग्रेसको कार्यकर्ता भएको भन्दै अख्तियारमा उजुरी परेपछि आयोगले छानबिनका लागि मन्त्रालयलाई पत्राचार गरेको छ ।
उपसचिव कृष्णजंग थापाले स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको ब्यवस्थापन गर्ने क्रममा समेत ठ्रूलो आर्थिक चलखेल गरेको आरोप छ । समायोजन भए पनि स्थानीय तहले हाजिर नगराएका करिब ९ सय कर्मचारीको ब्यवस्थापन गर्ने क्रममा कर्मचारी प्रशासन शाखाका उपसचिव थापाले जनही ५० देखि १ लाख ५० हजारसम्म दररेट तोकेर करोडौं घुस असुली गरेको आरोप छ । स्थानीय तहले हाजिर नगराएका ती कर्मचारीले तलव समेत खान पाएका थिएनन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend