काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कृष्णजंग थापाको पद उपसचिव भए पनि रवाफ भने सचिवको भन्दा कम छैन । कर्मचारी प्रशासन शाखाका प्रमुखको जिम्मेवारीमा रहेका थापाको दैनिकी कर्मचारीको सरुवाको सूची बनाउने र महाशाखा प्रमुख सहसचिवकोमा पेश गर्ने हो । तर यतिमा मात्र उनी सीमित छैनन्, मन्त्रालयका अन्य सहसचिव स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको कार्यकक्षमा हतपत्त प्रवेश पाउँदैनन्, तर थापालाई मन्त्रीको ढोका सधै खुल्ला हुन्छ ।
मन्त्रीको गाडी मन्त्रालयको गेटमा प्रवेश गरेनगरेको उपसचिव थापाले कार्यकक्षबाटै नियालेर हेर्छन् । र, बस्नेत कार्यकक्षमा छिर्नासाथ थापा पनि सँगसँगै डायरी च्यापेर गइहाल्छन् । बस्नेतका स्वकीय सचिवालयका सदस्यभन्दा बढी मन्त्रीको निकट हुनका लागि उनले सबै हत्कण्डा प्रयोग गर्दैआएका छन् । मन्त्रीसँगको भेटमा सरुवाको सूची तयार गर्नेदेखि लिएर को कोसँग कति रकममा डिल भएको हो, सोको सबै कुरा जानकारी गराउने दायित्व थापाकै काँधमा मन्त्री बस्नेतले सुम्पेका छन् ।
परराष्ट्र मन्त्री एनपी साउदका दाजुका छोरीज्वाई नाता पर्ने थापा यही सम्बन्धका कारण स्वास्थ्यमा प्रवेश पाएका हुन् । स्वास्थ्य मन्त्रालयमा जानुअघि महिला, बालबालिका मन्त्रालयमा शाखा अधिकृतका रुपमा बिताएका थापा त्यही हुँदा बढुवा भएका हुन् । काकाससुरा साउद सिंचाई मन्त्री हुँदा सिंचाइ मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बसी इन्जीनीयरदेखि डीई र सुईको सरुवामा करोडौं संकलन गर्ने दायित्व पाएका उनले त्यहीँदेखि कप्रमा बस्दा लाभहालीका बारेमा राम्रो अनुभव बटुलेका थिए ।
सिंचाई मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखका रुपमा दानध्वज बस्नेत भए पनि सरुवामा उनी नै हावी थिए । त्यही अनुभवलाई थापाले स्वास्थ्यमा प्रयोग गरिरहेका छन् । उनले सिंचाईका कर्मचारीहरुको सरुवा गर्दा उठाएको घुसबाट काठमाडौंको सितापाइला आसपास भब्य बंगला समेत बनाएका छन् ।
सिंचाईमा अथाह कमाएपछि उनी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको कमाइ देखेर गोरखा, नुवाकोट लगायतका जिल्लाका पालिकामा सरुवा भएका थिए । त्यहाँ पनि उनले डीपीआर बनाउने नाममा आफूनिकटकालाई ठेक्का दिएर आधा कमिसन बटुलेको आरोप छ । टाई झुन्ड्याएर ढाका टोपीमा उपस्थित हुने थापाले इन्जीनीयर र स्थानीय तहका जनप्रतिनिधिहरुको मनोदशा बुझेर फाइदा लुटिसकेका छन् भने अहिले स्वास्थ्य समूहका कर्मचारीहरुलाई दोहन नगर्ने कुरै भएन ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई राजनीतक आस्था राखेको आरोप लगाएर ऐन नियम बिपरीत मन्त्रालयमा तान्ने काम उनै थापाको उक्साहटमा मन्त्रीले गरेको आरोप छ । यद्यपि थापाको सल्लाहमा मन्त्री बस्नेतले उनलाई अकारण मन्त्रालयमा ताने पनि सर्वोच्च अदालतले उनलाई पुनः वीर अस्पतालकै निर्देशककै हैसियतमा काम गर्न आदेश दिएको छ । हाडजोर्नीका बिशेषज्ञ चिकित्सक पौडेललाई जिम्मेवारीबिहीन राख्ने पत्रमा हस्ताक्षर गर्ने उनै थापाको कार्यशैलीप्रति सचिवद्वय रोशन पोखरेल र देवकुमारी गुरागाई असन्तुष्ट रहेको बताइन्छ ।
कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव तुल्सीनाथ गौतम र सचिवद्वयका भए नभएका कुरा लाएर मन्त्रीसँग दूरी बढाएर फाइदा लिने काममा थापा सुरुदेखि नै सक्रिय छन् । वीरमा सल्केको आगो ट्रमा सेन्टरमा पुग्नुमा पनि थापाकै योगदान रहेको बताइन्छ । अहिले ट्रमाका निर्देशक डा बद्री रिजाल कांग्रेसको कार्यकर्ता भएको भन्दै अख्तियारमा उजुरी परेपछि आयोगले छानबिनका लागि मन्त्रालयलाई पत्राचार गरेको छ ।
उपसचिव कृष्णजंग थापाले स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको ब्यवस्थापन गर्ने क्रममा समेत ठ्रूलो आर्थिक चलखेल गरेको आरोप छ । समायोजन भए पनि स्थानीय तहले हाजिर नगराएका करिब ९ सय कर्मचारीको ब्यवस्थापन गर्ने क्रममा कर्मचारी प्रशासन शाखाका उपसचिव थापाले जनही ५० देखि १ लाख ५० हजारसम्म दररेट तोकेर करोडौं घुस असुली गरेको आरोप छ । स्थानीय तहले हाजिर नगराएका ती कर्मचारीले तलव समेत खान पाएका थिएनन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend