Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुवारेजले अमेरिकामा मेस्सीसँगै खेल्ने


    शनिबार, पुष ७ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उरुग्वेका स्ट्राइकर लुइस सुवरेज सन् २०२४ सिजनका लागि एमएलएस टोली इन्टर मियामीसँग आबद्ध भएका छन् । योसँगै उनले बार्सिलोनाका पूर्व सहकर्मी लियोनेल मेस्सी, सर्जियो बुस्केट्स र जोर्डी आल्बासँग खेल्ने भएका हुन् ।

    ब्राजिलियन टोली ग्रेमियो छाडेसँगै ३६ वर्षीय खेलाडी फ्रि-एजेन्टका रूपमा मियामीसँग आबद्ध भएका छन् । इन्टर मियामीका बिजेनस अफिसर ह्याभिर एसेन्सीले सुवारेजलाई अनुबन्ध गर्नु टोलीका लागि अर्को सम्झनलायक पल भएको बताए ।

    सुवारेजले यसअघि नासिनोल, आयाक्स र एट्लेटिको मड्रिडसँग लिग उपाधि जितिसकेका छन् । सन् २०२३ सिजनमा उनले ग्रेमियोका लागि ३३ खेलमा १७ गोल गरेका थिए । टोली ब्राजिलियन शीर्ष लिगमा दोस्रो भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार