काठमाडौं । चीनको गान्सु र छिमेकी छिङहाइ प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाइमा १८ जनाको मृत्यु भएको हाे ।
भूकम्पमा परी ७ सयभन्दा बढी घाइते भएकाे बताइएको छ ।
भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नि नियन्त्रक पठाइएको चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
हिजो बेलुका ७ बजेसम्म ७४ जनाको उद्धार गरिएको छ । गान्सु र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पबाट प्रभावितलाई आधारभुत आवश्यकता पूरा गर्न १ लाख ३३ हजार ५ सय राहत सामग्री पठाइएको बताइएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend