Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • सेयर बजारसँगै कारोबार रकम पनि बढ्यो


    सोमबार, पुष २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लामो समयदेखि चिन्तामा रहेका सेयर लगानीकर्ता उत्साहित हुन थालेका छन् । सेयर बजारसँगै कारोबार रकम पनि बढ्न थालेपछि लगानीकर्ता उत्साहित देखिएका हुन् ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार पाँच अर्ब १५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

    आज नेप्से ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा रोकिएको छ । ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । तीन कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

    त्यस्तै कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.३३ प्रतिशतले घटेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार