Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेनलाई प्रचण्डले भने- बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ


    सोमबार, पुष २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको जवाफ फर्काएका छन् ।

    ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।

    प्रचण्डले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

    प्रचण्डले थपे, ‘म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस्, या तीनकुनेको कुरालाई होस् । चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार