काठमाडौँ । नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख भएको छ। जसमा करिब चार लाख महिला रहेका छन् ।
हरेक वर्ष औसतमा पाँच लाखको हाराहारीमा विदेशिने नेपाली युवा स्वदेश फर्किएको तथ्यांक भने सरकारले राखेको छैन । पछिल्ला दुई आवमा भने विदेश जानेको सङ्ख्या क्रमशः छ लाख ३० हजार र सात लाख ७१ हजार छ । नेपालबाट रोजगारीको खोजीमा सबैभन्दा ठुलो सङ्ख्यामा मलेसियालगायत खाडी मुलुकमा युवा जाने गरेका छन् । ।
विश्व बैङ्कको अक्टोबर २०२३ को प्रतिवेदन अनुसार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान नेपालमा कुुल गार्हस्थ उत्पादन (जिडिपी) मा विप्रेषणको हिस्सा २२.७ प्रतिशत रहनुले वैदेशिक रोजगारको महत्त्ववलाई उजागर गरेको भए पनि यस क्षेत्रलाई सुरक्षित बनाउन सकिएको छैन ।
यसरी वैदेशिक रोजगारीबाट पाइरहेको तथ्यलाई मान्दा र प्रतिघरधुरी औसत परिवार सङ्ख्या ४.८८ को आधारमा नेपालमा हाल ३० लाख ३९ हजार घरधुरीका एक करोड ४८ लाखभन्दा बढी मानिस अहिले पनि वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा आश्रित रहेका छन् ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend