काठमाडौँ। पूर्वप्रधानन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजाड बन्दै गएको गाउँलाई रहर र आशा लाग्दो बनाउने महाअभियानमा एमाले रहेको दाबी गरेका छन् ।
विकास र सेवासुबिधा सहरतर्फ केन्द्रित हुँदा गाउँ उजाड बन्दै गएको बेला अध्यक्ष ओलीले वढ्दो बसाइसराई रोक्न एक मात्र विकल्प गाउँको विकास अपरिहार्य भएको बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ औँ दिन आफ्नो जन्मघर तेह्रथुममा पुगेका अध्यक्ष ओलीले कुराकानी गर्दै गाउँको विकास र समृद्धि सृजना गर्न एमालेले मिसन ८४ अभियान सुरु गरेको बताए ।
उनले भने, ‘स्थिर सरकार नबन्दा, गाउँको विकास हुन सकेन, जनताले दुःख पाए, वेरोजगारको संख्या बढ्यो, तसर्थ विकास र समृद्धिका लागि यो मुलुकमा एमालेको एकल वहुमतको सरकार आवश्यक रहेकाले मिसन ८४ सुरु गरेका हौ ।‘यति सुन्दर गाउँ आज उजाड बन्यो, मान्छे बस्ने हैन आउनेसमेत वातावरण बनेन्, उनले भने, ‘यी सबै काम छोटो समयमा एमालेको नेतृत्वको सरकारले सुरु गरेको थियो, तर त्यसबाट अत्तालिएर पार्टी भित्र र वाहिरका अन्य शक्ति लागेर अदालतको आदेशमा ढाले ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend