Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक छ : प्रधानमन्त्री


    बुधबार, मंसिर २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आउनु चिन्ताजनक भएको बताएका छन् ।
    आज काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूलाई सकुशल फिर्ता गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको उनले बताए ।

    ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ’, प्रधानमन्त्रीले भने ।

    उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार