Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शान्ति प्रक्रियाका बाँकी कामहरु तत्काल टुंग्याउन सांसदहरुको जोड


    मंगलबार, मंसिर २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। द्वन्द्वका बेलामा बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मूल बनाइ शान्ति प्रक्रियाका बाँकी कामहरु तत्काल टुंग्याउन सांसदहरुले जोड दिएका छन् ।

    मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा भएको बारुदी सुरुङ र विस्फोटक पदार्थ विषय छलफलमा बोल्दै अधिकांश सांसदहरुले बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मूल बनाएर द्वन्द्वका बेलाका बाँकी कामहरु राष्ट्रिय सहमतिमा तत्काल टुग्याउनु पर्नेमा जोड दिएका हुन् ।

    सांसदहरुले युद्धका बेलाका द्वन्द्वरत पक्ष र राज्य पक्ष दुवै मिलेर सरकार सञ्चालन गरिरहेकाले शान्ति प्रक्रियाको बाँकी काम तत्काल समाधान गर्न आवश्यक रहेको बताए ।

    उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम तत्काल नटुंग्याए समाजमा पुनः द्वन्द्व निम्तने खतरा बढेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार