Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढ्यो : ओली


    सोमबार, मंसिर २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताए । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा आज साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आसिरवाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीले बताए ।

    एमालेको यात्राको क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनी गरिएको प्रचारको ओलीले कार्यक्रममा आलोचना गरे । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएका कारण त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको ओलीले बताए ।

    ओलीले आज युवालाई देशमा अड्याउनै नसक्ने अवस्थामा रहेको बताए । अर्काको दरबार देखेर धनी नहुने बताउँदै ओलीले युवालाई देशमा नै राखेर आफ्नो घर राम्रो बनाउने वातावरण बनाउनु पर्ने बताए । विभिन्न व्यवसाय सञ्चालन गरेर युवाहरू देश निर्माणको अभियानमा लाग्नु पर्नेमा उनले जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार